arrow

सङ्घीयता कार्यान्वयन प्रचण्डको कार्यकालमा आशा छैन – मुख्यमन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
surendra-raj-pandey.jpg

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयन हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा सम्भव हुने छाँट नदेखेको बताएका छन् । 

बाह्रखरीको समन्वयमा सम्पादक तथा वरिष्ठ पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रचण्डले नै सङ्घीयताको कुरा उठाएको र सोही अनुसार अगाडि बढे पनि व्यवहारमा भने सक्रिय नहुँदा सङ्घीयता तत्काल कार्यान्वयन हुनेमा शङ्का रहेको बताएका हुन् । 

उनले भने, ‘सङ्घीयता आयो ल्याइस् भन्ने मात्रै हो यसले जुन डेलिभरी दिन पर्ने थियो त्यो दिन सकेन । सङ्घीयता काम छैन छैन भन्छन् त्यस्ता साथीहरूलाई मेरो अफिसमा आएर बस्यो भने सङ्घीयता काम छ कि छैन अनुभव गर्न सक्छन् । किनभने डाइरेक्टर पब्लिकहरू कसरी सरकारसँग ठोकिन आइपुग्छ जब उसले आफ्नो कुराहरू राज्यको प्रमुख मान्छेसँग कसरी व्यक्त गरिरहेको छ, उसको अपेक्षा के छ ? भन्ने कुरा हामीले प्रत्यक्ष देख्न सक्छौँ । बुझ्न सक्छौँ ।’

उनले डेलिभरी दिने सन्दर्भमा भने धेरै झन्झट भएको बताए । उनले भने, ‘त्यसलाई डेलिभरी दिने सन्दर्भमा हाम्रा कानुनी झन्झटहरू, हाम्रा व्यवहारिक झन्झटहरू, हाम्रो परम्परागत व्युरोक्र्याटिक सिस्टम छ यसले गर्दा त्यो दिन सक्ने अवस्था छैन ।’

मुख्यमन्त्री पाण्डेले जनतामा आशा भए पनि झन्झटिलो प्रक्रियाले सम्भव नदेखेको बताए । यद्यपि सङ्घीयताका लागि आफू पनि अग्रसर भएकाले आशा भने मारिनसकेको बताए । 

उनले भने, ‘आशा जनतामा छ । झन्झटिलो प्रक्रिया र कतिपय कानून नबनेका कारण यो सम्भव छैन । सङ्घीयता आवश्यक छ । जनतालाई फाइदै हुन्छ । तर भन्नका लागि मात्रै भन्या हो भने जनताको धेरै गाली खुवाउने काम नगर्दा राम्रो हुन्छ । म पूरै निराश त भइसक्या छैन तर प्रचण्डको पालामा भरोसा गर्ने आशा छैन ।’

कानुनी झन्झटबारे उदाहरण दिँदै उनले भने, ‘रुखको कुरा गर्दा जग्गा स्थानीय तहको हो, जङ्गल प्रदेशको हो, रुख सङ्घको हो । उपयोग सङ्घले गर्न पाएको छ ।’ 

कार्यक्रममा प्रादेशिक विकासको विद्यमान अवस्था र मार्गचित्रबारे गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले राखेको विचारमा पत्रकारहरूले रायसमेत दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ