arrow

भारतको चुनाव

भारतमा लोकसभा चुनावको मिति सार्वजनिक, मोदी भन्छन्– लगातार तेस्रो पटक आशीर्वाद मिल्नेछ 

४६ दिनसम्म सात चरणमा हुँदै निर्वाचन, १९ अप्रिलमा शुरु, १ जुनमा सकिने, ५४४ सिट, ४ जुनमा मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
india-flag.jpg

काठमाडौँ । भारतको लोकसभा चुनाव ७ चरणमा हुने भएको छ । अप्रिल १९ देखि १ जुनसम्म गरी सात चरणमा निर्वाचन हुने भएको हो । 

चुनाव आयोगका अनुसार जुन ४ तारिखमा मतगणना हुनेछ । शनिबार लोकसभा चुनावको मिति सार्वजनिक भएको हो । चुनाव ४६ दिनसम्म हुनेछ । 

लोकसभासँगै ४ राज्य, आन्ध्रप्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति सार्वजनिक भएको हो । 

ओडिशामा १३ मे, २० मे, २५ मे र १ जुनमा चुनाव हुनेछ । ५४४ सिटमा चुनाव हुनेछ । 

१९ अप्रिलमा १०२ सिट, २६ अप्रिलमा ८९ सिट, ७ मेमा ९४ सिट, १३ मेमा ९६ सिट, २० मेमा ४९ सिट, २५ मेमा ५७ सिट र सातौँ चरणमा १ जुनमा ५७ सिटमा चुनाव हुनेछ । 

पहिलो चरणको चुनावका लागि मनोनयन मार्च २० देखि शुरु भइ २७ मार्चसमम चल्नेछ । नाम छानबिन २८ मार्चमा हुनेछ भने ३० मार्चमा नाम फिर्ता लिन सकिनेछ । 

चाडका कारण बिहारमा नामांकन २० मार्चमा र नाम फिर्ता २ अप्रिलमा हुनेछ । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक आफ्नो दललाई जनताको आशीर्वाद मिल्ने बताएका छन् । 

लोकसभा चुनावको घोषणा भएपछि मोदीले ट्वीटरमा ट्वीट गर्दै बीजेपी–एनडीए चुनावमा उत्रिनका लागि तयार रहेको तथा सुशासन र जनसेवाको आफ्नो ट्रयाक रेकर्डको आधारमा आफूहरु जनता जनार्दनको बीचमा जाने बताए । 

उनले भने, ‘मलाई पूर्ण विश्वास छ १४० करोड परिवारजन तथा ९६ करोड भन्दा बढी मतदाताको भरपूर स्नेह र आशीर्वाद हामीलाई लगातार तेस्रो पटक मिल्नेछ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ