arrow

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
baitadi.png
बैतडी । बैतडीको पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । 
 
यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए । 
 
पाटनलाई सांस्कृतिक नगरीका रुपमा नमुना सहर बनाउने कार्यअन्तर्गत काम भइरहेको छ उनले भने – “चालु आवमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइडसम्म पुग्ने बाटो निर्माण कार्य भइरहेको छ ।” 
 
यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने, चिस्यान केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालु आवमा सुरु गरिने आयोजना प्रमुख शाहले बताए । 
 
यस्तै पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एसियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ सहर आयोजना कार्यालय, पाटन बैतडीले जनाएको छ । 
 
पाटन प्याराग्लाइडिङका लागि पनि निकै राम्रो ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना रहेको जनाइएको छ । 
 
विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन सहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवाका लागि रोजगारीका सम्भावना रहेको छ । 
 
अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँ सराइ गरिरहेको र हजारौँ युवा शक्ति विदेश गइरहेकाबेला पाटन नै नयाँसहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टले भनाइ रहेको छ । 
 
सरकारले आव २०६७÷६८ मा पाटनसहित १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ