arrow

मोर्चाका नेताले अहिले नै यो हुँदैन त्यो हुँदैन भन्न मिल्दैन : मन्त्री महत

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर ५ आइतबार
Minister-for-Foreign-new.jpeg

विराटनगर । परराष्ट्रमन्त्री प्रकाशशरण महतले केही दिन भित्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री महतले संविधान संशोधनका लागि मुख्य दलहरुबीच गहन छलफल भइरहेको बताए ।

मन्त्री महतले मधेशी मोर्चाको भावना र उनीहरुसँग भएको छलफलकै आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन लागेको सुनाए । सरकारले संविधान संशोधनका लागि प्रयास जारी राखेकाले मधेशी मोर्चाका नेताले अहिले नै यो हुँदैन र त्यो हुँदैन भनेर अनावश्यक कुरा उठाउनु नहुने बताए ।

मन्त्री महतले एमालेको पनि संविधान निर्माणमा आफ्नो स्वामित्व रहेकाले संविधान कार्यान्वयनका लागि पनि संशोधनमा सहमति गर्नुपर्ने बताए । मन्त्री महतले भने, ‘सबैले भने जस्तो, सबैले चाहे जस्तो संविधान संशोधन हुँदैन ।  त्यसकारण मधेशी मोर्चाले पनि जनचाहनालाई बुझेर सहमतिमा आउनु पर्छ ।’

अर्को प्रसंगमा महतले लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विषयमा संसदीय न्यायिक प्रक्रियामा छलफल चलिरहेकाले संसदले नै त्यसको टुंगो लगाउनु पर्नेमा जोड दिए ।  ‘कांग्रेसले उपर्युक्त समय आएपछि निर्णय लिन्छ, अहिले न्यायिक समितिमा छलफल चलिरहेको कारण निर्णय नगरेको हो,–उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ