arrow

कानपुर रेल दुर्घटना : कम्तिमा ९६ को मृत्यु, २ सय घाइते

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
indai-rel-acc-nn.jpeg

एजेन्सी । भारतको कानपुरमा भएको रेल दुर्घटनामा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई सय बढी घाइते छन् । घाइते मध्ये ७६ जनाको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान इन्दोर–पटना एक्सप्रेस रेल दुर्घटनामा परेको हो । दुर्घटना हुँदा रेलका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए । रेल इन्दोरबाट पटना जाँदै थियो । कानपुर देहातका एसपी प्रभाकर चौधरीले घाइतलाई अस्पताल लगिएको र उद्धार जारी रहेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख प्रकट गर्दै रेल मन्त्री सुरेश प्रभुसँग घटनाबारे जानकारी लिएको बताएका छन् । प्रधानमन्त्री मोदीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रेल मन्त्री सुरश प्रभुले मृतकका परिवारलाई साढे ३ लाख र घाइतेलाई ५० हजार दिने बताएका छन् ।

यस्तै, प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २–२ लाख र घाइतेलाई ५०–५० हजार दिने घोषणा गर्दा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतकका परिवारलाई ५–५ लाख र घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ