arrow

अबका बालिबालिकाले बन्दुक उठाउन नपरोस : सञ्चारमन्त्री कार्की

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
sanchar-mantri.jpeg
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विद्यार्थीलाई सिर्जनशील बनाउन अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । आईतबार लेखक रविराज बसौलाले लेखेको ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै मन्त्री कार्कीले भने– ‘विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो, यसलाई रचनात्मक बनाउनुपर्छ, विद्यार्थीलाई अप्ठेरो प्रश्न सोधेर असफल बनाउनु हुँदैन, उनीहरुले जानेको कुराबाट पनि परीक्षा लिन सकिन्छ ।’
 
समाजको विषमता हटाउन कलमको आवाज र चेतनाको उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले भने,‘अबका बालिबालिकाले बन्दुक उठाउन नपरोस ।’बालबालिकाको ग्रहणशील गर्न सक्ने क्षमता अत्यधिक हुने हुँदा उनीहरु पनि ज्ञानको स्रोत हुन सक्ने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सचिव दिनेश थपालियाले बालमैत्री समाज निर्माण गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गरे ।
 
लेखक विनय कसजू, गीता त्रिपाठीलगायतले बालबालिकाको समस्यामाथि समाजको ध्यान आत्कृष्ट गराउन कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विस्तृत शान्ति सम्झौता भएको एक दशक पुगेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत मुलुकको समस्या समाधान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।
 
धमलाले भने,‘हिजो द्धन्द्धमा सबैभन्दा बढि बालबालिका नै प्रताडित थिए, त्यसैले अब बालबालिकाहरुलाई भयरहित वातावरणमा निर्धक्क साथ हिँड्न सक्ने वातावरण बनाउनुपर्छ ।’लेखक बसौलाले बालमैत्री नीति, संरचना र पूर्वाधारको खाँचो रहेको बताउँदै बालबालिकाका क्षेत्रमा काम गर्न अभिप्रेरित गर्न पुस्तक प्रकाशन गरिएको बताए ।पुस्तकमा बालमैत्री परिवार, बालमैत्री कार्यालय, बालमैत्री विद्यालय तथा बालमैत्री बसको सेवाका बारेमा सूचना समावेश गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ