arrow

मेरो पहलमा भारु नोटको समस्या समाधान : सभापति देउवा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ मंसिर ५ आइतबार
deuba_Kanchanpur_151001_4.jpeg
 कञ्चनपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । 
 
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर पुगेका  नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आइतबार भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उनको भनाइ थियो । 
 
नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गरे । “निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो”, देउवाले भने–“यसका लागि तपाईँहरु तयार हुनुस् ।” 
 
साथै सभापति बहादुर देउवाले सुदूरपश्चिमलाई चीन संग जोडनका लागि उत्तरी नाका खोल्न पहल भईरहेको बताएका छन् । प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा  देउवाले सो कुरा बताएका हुन् ।
 
‘सात नम्बर प्रदेशको विकासका लागि बझाङ्गदेखि चीनसम्म उत्तरी नाका सेती लोकमार्ग खोल्ने प्रयास भईरहेको छ ।’ उनले भने ‘नाका खोले सात नम्बर प्रदेशको विकास हुन्छ ।’ उनले पञ्चेश्वर परियोजनाको काम तिव्र रुपमा अघि बढाउनका लागि भारतसँग थप छलफल भईरहेको देउवाले बताए । महाकालीमा पक्की पुल, खुख्खा बन्दरगाह निर्माण कार्य समेत तीव्र रुपमा अघि बढिरहेको समेत बताए ।
 
यस्तै दैजी–जोगबुढा सडकखण्ड समेत कालोपत्रे भईरहेको बताउदै, दैजी–बेल्डाँडी–बेलौरी–कलुवापुर सडक समेत विस्तार हुने बताए । संञ्चारकर्मीले आरक्ष पीडितको हालसम्म  पूर्नस्थापना भएको छैन् ? भन्ने प्रश्नमा नेता देउवाले भन्नुभयो–‘ पीडितको पूर्नस्थापनका लागि आयोग माफर्त काम भईरहेको छ ।’ 
 
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले आरक्ष पीडितको समस्या समाधानका लागि दुई बर्ष आफ्नो पालामा गठन भएको ठाकुर प्रशाद शर्मा आयोगले सिफारिस गरेको आधारमा एक कट्टादेखि ५ कट्टा जमिन दिने र पाँच लाखसम्म राहत दिने तयारी भईरहेको बताए । क्षेत्रिय बन निर्देशकको अध्यक्षतामा गठित कार्यदले यस बारेमा छलफल अघि बढाएको बताउदै नेता साँउदले कार्यालय संचालन गर्नका लागि सरकारले ५० लाख बजेट समेत विनियोजन गरेको बताए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ