arrow

प्रहरीमा एकै पटक ५९ एसपीको सरुवा !

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
Nepal-Police-new-tt.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ५९ जना प्रहरी उपरीक्षक एसपीहरूको सरूवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयको मानव संशाधन महाशाखाले एक वर्ष कार्यावधि पुगेका एसपीहरूको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालयमा रहेका एसपी दीपक थापाको चितवन सरूवा भएको छ ।

यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत दिवेश लोहनीको सप्तरी सरूवा भएको छ । लोहनी ब्यूरोको प्रवक्ता थिए । यसै गरी प्रहरी प्रधान कार्यालयमा रहेका गोविन्द शाह पर्सा, कास्कीका एसपी बसन्त लामाको मकवानपुर सरूवा भएका छन् ।

संगठनको नीति भित्र रहेर एक वर्ष कार्यावधि पुगेकाहरूको सरूवा गरिएको ती प्रहरी उच्च अधिरकारीले जनाए । उनले भने, ‘यस विषयमा विस्तृत जानकारी आएको छैन । निर्णय भएको भन्ने मैले सुनेको छु ।’ पूर्ण विवरण नआई सबै भन्न मिल्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ