arrow

सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खोल्न पहल भइरहेको छ : देउवा

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
Sher.jpg.jpeg

कञ्चनपुर । काँग्रेस सभापति शेर बहादुर देउवाले सुदूरपश्चिमलाई चीनसँग जोड्नका लागि उत्तरी नाका खोल्न पहल भइरहेको बताएका छन् । प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यस्तो कुरा बताए  ।

‘७ नम्बर प्रदेशको विकासका लागि बझाङ्गदेखि चीनसम्म उत्तरी नाका सेती लोकमार्ग खोल्ने प्रयास भइरहेको छ, देउवाले भने, ‘नाका खोले सात नम्बर प्रदेशको तीब्र विकास हुन्छ ।’ देउवाले पञ्चेश्वर परियोजनाको काम तीव्र रुपमा अघि बढाउनका लागि भारतसँग थप छलफल भइरहेको सुनाए ।

महाकालीमा पक्की पुल, सुख्खा बन्दरगाह निर्माण कार्य समेत तीव्र रुपमा अघि बढिरहेको समेत बताए । यस्तै दैजी–जोगबुढा सडकखण्ड समेत कालोपत्रे भइरहेको बताउदै, दैजी–बेल्डाँडी–बेलौरी–कलुवापुर सडक समेत विस्तार हुने देउवाले जानकारी दिए । संञ्चारकर्मीले आरक्ष पीडितको हालसम्म  पुनःस्थापना भएको छैन रु भन्ने प्रश्नमा नेता देउवाले भने, ‘पीडितको पुनःथापनका लागि आयोग माफर्त काम भइरहेको छ ।’
    
काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले आरक्ष पीडितको समस्या समाधानका लागि दुई वर्ष आफ्नो पालामा गठन भएको ठाकुर प्रशाद शर्मा आयोगले सिफारिस गरेको आधारमा एक कट्टा देखि ५ कट्टा जमिन दिने र पाँच लाखसम्म राहत दिने तयारी भइरहेको बताए । क्षेत्रीय वन निर्देशकको अध्यक्षतामा गठित कार्यदले यस बारेमा छलफल अघि बढाएको बताउदै नेता साँउदले कार्यालय संचालन गर्नका लागि सरकारले ५० लाख बजेट समेत विनियोजन गरेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ