arrow

क्यान्सर पीडित लोकदोहोरी गायिका कोपिलाले गरिन् सहयोगका लागि अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
kopila-gautam-folksinger-ca.jpg

काठमाडौँ । पूर्वी नेपालको लोकदोहोरी जगेर्ना गर्न अग्रसर लोकदोहोरी गायिका कोपिला गौतमले सहयोगको अनुनय गरेकी छिन् । 

इलामे लोकदोहोरी गायक देवी गौतमकी छोरी क्यान्सर पीडित कोपिलाले उपचारका लागि सघाउन सबैमा अनुनय गरेकी हुन् । 

उनले आफू विगत तीन वर्षदेखि ओभरियन क्यान्सरको उपचार गराइरहेकामा उपचार र फलोअपकै क्रममा जेनेटिक टेष्टमा पोजेटिभ रिपोर्ट आएको र हाल आएर स्तनमा पनि समस्या देखिएकाले चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरेर उपचार थाल्नुपर्ने भएकाले आर्थिक सहयोगका लागि अपील गरेकी हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकबाट थप औषधि उपचारका लागि आर्थिक अभाव भएकाले स्वदेश तथा विदेशमा भएका व्यक्तिहरुलाई सघाउनका लागि अनुरोध गरेकी हुन् । 

उनले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बरसमेत दिएकी छिन् । उनले राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको खाता नम्बर १४२०१०००२२८८४०१० मा रकम पठाउन पनि आग्रह गरेकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ