arrow

मित्रताका नाममा कुठाराघात एमालेकालागि अस्वीकार्य : अध्यक्ष ओली

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
oli-new-pic.jpg.jpeg
ललितपुर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा (एमाले) प्रदेश नम्बर ३ सङ्गठन विभागले  आइतबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा ओलीले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताए । 
 
बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उनले बताए । संविधान संशोधनसम्बन्धी विषयमा उनले भने, “तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन ।” मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा अध्यक्ष ओलीको जोड थियो । परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए  । 
 
अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताए । “संविधान कार्यान्वयनका लागि ऐन-कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,” उनले भने । सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उनले बताए । उनले भने, “गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ ।” 
 
एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको उनले बताए । नेकपा (एमाले) केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले एमालेको अडान पार्टीका लागि मात्रै नभएर मुलुकका लागि आवश्यक भएकोमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ