arrow

गोविन्द केसीले क-कसलाई माफिया भने ?

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
kc-new-gharti.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको वेथितिविरुद्ध संघर्षरत डा. गोविन्द केसीले अनसनस्थलको बेडबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका नव नियुक्त डिनलाई तत्काल बर्खास्त गर्न भनेका छन् । केसीले आइतबार पत्रकारहरुलाई बोलाएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित अनसनस्थलबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

केसी अनसन बसेकै दिन एक साता अघि त्रिवि उपकुलपति तीर्थ खनियाले डा. केशवप्रसाद सिंहलाई डिन नियुक्त गरेको जानकारी गराएका थिए । केसीले बरिष्ठताका आधारमा डिन नियुक्त हुनु पर्ने माग गर्दै आएकामा त्यसो नगरिएको बताएका छन् ।

केसीले पत्रकारहरुसँग भने, ‘सरकारले केही पनि गरेन । उल्टै मैले बसाएको थिति मिचेर कनिष्ठलाई डिन नियुक्त गरियो ।’ डिन नियुक्तिको निर्णय खारेज नभएसम्म  अनसन तोड्दिन । त्रिविले कात्तिक २८ गते सिंहलाई डिन नियुक्त गरेको थियो । सोही दिन डा.केसीले दशौं चरण्को अनसन सुरु गरेका हुन् ।

पछिल्लो समय केसीले त्रिवि उपकुलपति खनियाको राजीनामाको समेत माग गरेका छन् । सरकारले केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । डा.केसीले राजनीतिक दल तथा माफियाहरुले संस्थागत त्रिवि शिक्षण अस्पताललाई नाफामुलक संस्था बनाउन चिकित्सा शिक्षा ऐन बन्न नदिने षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

केसीले भने, ‘विगतमा राष्ट्रिय वायु सेवा निगम, ट्रली बस, हेटौडा कपडा उद्योग, सिमेन्ट उद्योग, रोयल ड्रग्स लगायतका ठूल्ठूला उद्योगहरुलाई जस्तै शिक्षण अस्पताललाई पनि माफियाले आफ्नो अड्डा बनाएर शोषण गरिरहेका छन् ।’ राजनीतिक दलका नेताहरु ठूला माफिया हुन् ।

अरुण सायमी वरिष्ठताका आधारमा डिन नियुक्त हुन सक्थे भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिँदै केसीले भने, ‘सायमी पहिले डिन भइसकेका र हालको माफिया हुन् । यो स्थिति सिर्जनाको कारण नै उनी हुन् । उनका साथमा अरुपनि छन् ।’  सोही क्रममा केसीले अर्को खुलासा पनि गरे ।

यसअघि राकेश श्रीवास्तव बरिष्ठताका आधारमा डिन नियुक्त भएकामा उनको १३ महिना कार्यकाल हुँदै जबर्जस्ती छोडाउन लगाइयो, केसीले भने, ‘सायमी लगायतले नै अफ्ठ्यारोमा पारेपछि श्रीवास्तव राजीनामा दिन बाध्य भए ।’ केसीका अघिल्ला संघर्षले बीचमा ३ जना डिन बरिष्ठताका आधारमा नियुक्त भए । यद्यपि, श्रीवास्तव दबाब खेप्न नसकि अगाडिनै निस्किए । राजीनामा दिँदा श्रीवास्तवले भने आफु विरामी भएकै कारण काम गर्न नसक्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ