arrow

सुन तस्करी प्रकरणमा महरासँग आज पनि बयान, चार दिने म्याद सकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
mahara-arrest-goldcase.jpg

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन शुरु भएको छ । 

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन शुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । 

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ । 

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको  म्याद आज समाप्त हुने भएकाले  बयान र अनुसन्धान नसकिए पुनः म्याद थप गरिने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । 

गत साउन २ मा ‘ब्रेक शु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग उनको नाम जोडिएको छ । 

त्यसबेला सीआईबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ