arrow

भोजपुर सरदमुकाममा भीषण आगलागी, ५ घर पूर्ण क्षति, आगो नियन्त्रणमा

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
Bhojpur_AAglagi.jpeg
काठमाडौं । भोजपुरको सदरमुकाममा आईतबार साँझ भएको भीषण आगलागीमा परी पाँच घर पूर्ण क्षति भएको छ भने अन्य ७ घरमा आंशिक क्षति भएको छ । 
 
साँझ पौने ५ बजेदेखि सुरूभएको आगो झण्डै डेढ घण्टापछि प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय खिर कुमार पोर्तेलको घरबाट सुरू भएको आगोले आसपासका १२ घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । 
 
आगलागीबाट मानवीय क्षति भने केहीपनि भएको छैन । आगलागीबाट भएको क्षतिको विवरण पनि आईनसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ