arrow

नगरपालिको नाम र केन्द्र परिवर्तन गर्न माग

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर ५ आइतबार
sindhuliprastab.jpeg
सिन्धुली। स्थानीय तह पुर्न संरचना प्राविधिक सहयोग समिति सिन्धुलीले सिफारिस गरेको दुधौली नगरपालिकाको नाम र केन्द्रको विरोध गर्दै कमलाखोज क्षेत्रका स्थानीयहरु विरोधमा उत्रिएका छन । 
 
दुधौली नगरपालिका र ककुरठाकुर गाविस बाहेक सिर्थौली, हत्पते, निपाने, हर्षाही, जिनाखु र अरुणठाकुर गाविसका स्थानीय राजनैतिक पार्टीहरुले प्राविधिक सहयोग समितिको सिफारिसको विरोध गर्दै आईतबार जिल्ला विकास समितिमा आएर ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापन पत्र मार्फत उनीहरुले नगरपालिकाको नाम परिवर्तन गरी कमलाखोज नगरपालिका राख्नु पर्ने र केन्द्र परिवर्तन गरी सिर्थौलीलाई केन्द्र बनाउनु पर्ने माग गरेका छन । 
 
सयुक्त संघर्ष समितिमा रहेका नेकपा(माओवादी केन्द्र) सिर्थौलीका नेता अर्जुन कार्कीले भने, ‘समितिले गरेको सिफारिस अवैज्ञानिक छ, नगरपालिकाको नामाकरण र केन्द्रको चयन जनताको मनोविज्ञानलाई समेट्ने र सेवामा सहज पहुँच पुर्‍याउने भन्दा पनि हैरानी दिने खालको छ ।’ हालको नगरपालिकाको नामाकरण ऐतिहासीक तथा प्राकृतिक आधारमा भन्दा पनि बजार केन्द्रीत भएर राखिएकोले नाम र केन्द्र दुवै परिवर्तन गर्नुपर्ने उनको भनाई थियो । 
 
एक साता अघि मात्र राजनैतिक दलको सहमति बिना नै स्थानीय तह पुर्नसंरचना प्राविघिक सहयोग समितिले जिल्लालाई २ नगरपालिका सहित ८ गाउँपालिका बनाउन सिफारिस गरेको थियो । सिफारिस लगत्तै स्थानीय तहमा रहेका राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु नै विरोधमा उत्रिन सुरु गरेका छन । फिक्कल गाउँपालिकाको विरोध गर्दै भुवनेश्वरी, बासेश्वर, वितिजोरका स्थानीयहरुले अघिल्लो साता आन्दोलन गरेको थिए भने तिनपाटन क्षेत्रका स्थानीयहरुले छुट्टै गाउँपालिकाको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ