arrow

याेगेश भट्टराईले भने, ‘प्रचण्डजी देउवा रोज्ने कि एमाले ?’

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
yogesh-bhattarai-600x0.jpg.jpeg

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनमा अल्झिने पक्षमा आफू नरहेको बताएका छन् ।

युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको छलफल तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रममा  आइतबार सचिव भट्टाईले प्रधानमन्त्री पुष्पकमल दाहाल संशोधनमा नाममा भएको षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । ‘प्रतिगामीहरुले संविधान असफल बनाउने षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘प्रचण्डजी देउवा र मधेसी मोर्चाजस्ता पश्चगामीलाई रोज्नुहुन्छ कि एमालेजस्तो अग्रगामीलाई, निर्णय गर्ने बेला आएको छ ।’

भट्टराईले माओवादीको का“धमा बन्दूक राखेर प्राप्त उपलब्धी नष्ट पार्ने योजना विभिन्न शक्तिकेन्द्रहरुले बताएको बताए । संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषयहरु समावेश गर्न खोजिएको भन्दै उनले त्यसको साक्षी एमाले नबन्ने घुर्की लाए । ‘एमालेका एकजना पनि सांसद संसदमा भएसम्म पनि हस्ताक्षर गर्दैनौं,’ उनले भने ।

भट्टराईले संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरु आएको बताउँदै शासकीय र निर्वाचन प्रणालीका त्रुटिहरु सच्याउनुपर्नेमा जोड दिए ।

पूर्वउद्योग मन्त्री महेश बस्नेतले अहिलेको सरकारले चीनविरोधी क्रियाकलाप खुलमखुल्ला गरेको भन्दै आलोचना गरे । ‘शेरबहादुरजीले दलाई लामाका प्रतिनिधिलाई भेटेर छिमेकीलाई चिढ्याउने काम गरेका छन्,’ उनले भने ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा संघले सशक्त खबरदारी कार्यक्रम गर्ने जानकारी दिए । युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले मुलुकलाई हानि विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवाहरुलाई अपिल गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ