arrow

मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । 

तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित सो आयोग गठन गरिएको नेपाल सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यसैगरी मन्त्रीपरिषद् बैठकले डेडिकेटेड फिल्टर तथा ट्रंक लाईनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन अर्थात् चैत २५ गतेसम्म थप गर्ने निर्णय पनि गरेको छ । 

प्रतिवेदनका कामहरु केही बाँकी भएकाले समय थप गरिएको पनि मन्त्री शर्माले बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ