arrow

गाजाको सिमानाबाट राष्ट्रसङ्घका प्रमुखको युद्धको अन्त्य गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
antonio-guterres-2080-07-12v.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार गाजासँग इजिप्टको सिमानाको भ्रमणमा क्रममा विश्वले युद्धको भयावह अवस्था देखेको बताएका छन् । 

उनले थप सहायताका लागि अनुमति दिन तत्काल मानवीय युद्धविरामको प्रस्ताव गरेका छन् ।

“गाजामा प्यालेस्टिनीहरू निरन्तर ‘दुःस्वप्न’मा अड्किएका छन्”, उनले इजिप्टपट्टिको रफा क्रसिङमा भने । यहाँबाट गाजा क्षेत्रमा सहायताका ट्रकहरू पुग्छन् तर पनि त्यहाँको जनसङ्ख्या भोकमरीले ग्रस्त छ । 

“म विश्वको विशाल बहुमतको आवाज बोल्छु, उनीहरूको समुदायहरू नष्ट भएका छन्, घरहरू ध्वस्त भएका छन्, सम्पूर्ण परिवार र पुस्ताहरू मेटिएको छ । 

उनीहरूले पर्याप्त देखिसकेका छन्”, महासचिव गुटेरेसले भने, “इजरायल विरुद्ध हमासले अक्टोबर ७ मा गरेको हमलाले युद्ध सुरु गरेको कुरालाई नकार्न सकिँदैन अनि कुनै पनि कुराले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहराउँदैन ।” 

उनका अनुसार गाजाक्षेत्रको सिमानामा एकातिर अवरुद्ध राहत ट्रकहरूको लामो लाइन छ भने अर्कातिर भोकमरीको अवस्थालाई नैतिक हिंसा भन्दै हृदयविहीनता स्पष्ट देखिएको छ । 

“यो तत्काल मानवीय युद्धविरामका लागि समयभन्दा बढी हो”, गाजा क्षेत्रमा मानवीय सहायताका लागि पूर्ण र निर्बाध पहुँच दिन इजराइलसँग आग्रह गर्दै उनले भने । 

आफ्नो पवित्र उपवास महिनाका क्रममा सङ्कटग्रस्त मुस्लिम समुदायका लागि वार्षिक ‘एकता मिसन’ गर्ने महासचिव गुटेरेसले भने, “रमजानको करुणाको भावनामा अक्टोबरको आक्रमणमा समातिका र गाजामा विद्रोहीहरूको नियन्त्रणमा रहेका सम्पूर्ण बन्धकहरूलाई तत्काल रिहाइ गर्ने उपयुक्त समय पनि हो ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ