arrow

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
death-current-syangja-police.jpg

स्याङ्जा । स्याङ्जामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ भेडावारी झाँक्रीथानका ५२ वर्षका हर्कबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर रानाका अनुसार बाटोमा लतारिएको बिजुलीको तार छोइँदा थापालाई करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाकासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ