arrow

जब आफ्नै गुरुले केजरीवाल पक्राउलाई भने ‘कर्मको फल’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
anna-hajare-kejariwal.jpg

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तीब्र बनेको छ । भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ। 

यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । 

मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउँथे तर अहिले मदिरामा नीति बनाइरहेका छन,’ उनले भने ।

अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफुसँग काम गरेकोमा दुःख लागेको बताएका छन् । केजरीवालले आफ्नो कर्मको फल पाइरहेको अन्नाले बताए । अन्नाले भने,  ‘मैले भन्नु केही छैन, अब जे हुन्छ त्यो सरकारले नै गर्नुपर्छ ।’

अन्नाले मदिरा नीतिबारे केजरीवाललाई दुईपटक चिठ्ठीसमेत लेखेको तर उनले आफ्नो कुरा नसुनेको उनको भनाइ छ । उनले भने,  ‘जब मनिष सिसोदिया र केजरीवाल मसँग काम गर्नुहुन्थ्यो, मैले सधैँ जनताको कल्याण हाम्रो काम हो भन्ने भनेको थिएँ तर आज दुवैले मेरो कुरा सुनेनन् ।’

केजरीवाल अहिले हिरासतमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ