arrow

हावाहुरीसहितको वर्षाले गहुँ सोत्तर, पीडित किसानलाई राहत दिन सांसद प्रधानको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
dhurba-bahadur-pradhan_nawalparasi-2-rpp-mp-2079-2022.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले गहुँ पीडित किसानलाई राहत दिन माग गरेका छन् । 

सोमबार राति आएको हावाहुरीसहितको असिना पानीले नवलपरासी, रुपन्देही लगायतका क्षेत्रमा किसानले लगाएको करोडौँ रुपैयाँ बराबरको गहुँ नोक्सान गरेकाले किसानलाई यथोचित राहत दिन सरकारसँग माग गरेका हुन् । 

उनले भने, ‘किसानले भित्र्याउन ठिक्क परेको गहुँ हावाहुरी र असिना पानीका कारण नोक्सान भएको छ । सरकारले किसानलाई यथोचित राहत प्रदान गर्नुपर्छ ।’

नवलपरासी २ का सांसदसमेत रहेका पूर्व कानून मन्त्री एवं पूर्व प्रहरी महानिरीक्षक प्रधानले कृषिमा रुची घट्दै गइरहेका बेलामा दुःखजिलो गरेर किसानले लगाएको बाली नष्ट हुनु राम्रो संकेत नभएको भन्दै किसानलाई फेरि उठ्ने मौका दिनका लागि पनि सरकारले राहत दिनुपर्ने बताएका हुन् । 

उनले जतिसक्यो छिटो फिल्डमा भ्रमण गरी क्षतिको विवरण संकलन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ