arrow

मुम्बई सबैभन्दा बढी अर्बपति बस्ने विश्वको तेस्रो शहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
mumbai-india-2024.jpg

काठमाडौँ । भारतको मुम्बई शहर अब अर्बपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अर्बपतिको हिसाबले अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा छ । 

यहाँ सबैभन्दा बढी ११९ अर्बपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।

हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अर्बपतिहरू थपिएसँगै ९२ अर्बपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यसअघि १०९ अर्बपति रहेको बेइजिङमा १८ अर्बपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, रुसको मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अर्बपति रहेको रिपोर्टमा उल्लेख छ ।

ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शीर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औँ स्थानमा रहेका छन् ।

त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ