arrow

भारतको आन्तरिक मामिलामा अमेरिकी चासो, केजरीवाल मुद्दा नजिकबाट नियालिरहेको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
india-usa-flag.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा काण्डमा पक्राउ परेपछि विश्वको ध्यान खिचिएको छ । यो भारतको आन्तरिक मामिला भए पनि विश्वका ठूला देशहरुले प्रतिक्रिया दिइरहेका छन् । 

सो क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ । केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ । भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानूनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने कि हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानूनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं ।

यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो । त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो । तर अमेरिकाको यो टिप्पणीमा भारतले अहिलेसम्म औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म केजरीवाल ईडीको हिरासतमा नै रहने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ