arrow

विश्व उइगर काङ्ग्रेसद्वारा सिन्जियाङमा 'नरसंहार' भएको विषय स्वीकार गर्न अस्ट्रेलियासँग माग

logo
एजेन्सी,
प्रकाशित २०८० चैत ६ मंगलबार
australia-flag.jpg
तस्बिर : फाइल

म्युनिख। जर्मनीमा आधारित उइगर अधिकार सङ्गठन, विश्व उइगर काँग्रेस (डब्लूयूसी) ले अस्ट्रेलियाले सिनजियाङमा उइगर समुदायमाथि चीनको अत्याचारलाई नरसंहारको रूपमा मान्यता दिन माग गरेको छ।

डब्लूयूसीद्वारा उठाएको माग चीन र अस्ट्रेलियाका विदेश मन्त्रीहरूको मार्च २० मा निर्धारित बैठक अघि आएको डब्लूयूसीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

डब्लूयूसीको प्रेस विज्ञप्तिमा भनिएको छ, 'चीनका विदेश मन्त्री वाङ यीले अस्ट्रेलियाको विदेश मन्त्री पेनी वोङसँग भेट गरेका छन्, जुन लगभग सात वर्षमा बेइजिङबाट पहिलो उच्चस्तरीय भ्रमण हो। मन्त्रीहरू सातौँ अस्ट्रेलिया-चीन विदेश र रणनीतिक संवादमा सहभागी हुनेछन्, जसमा मानवअधिकार र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ।'

विश्व उइगर काँग्रेसका अध्यक्ष डोल्कुन इसाले भनेका छन्,'अस्ट्रेलिया सरकारले ऐतिहासिक रूपमा चीनसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक अगाडि बढाएको छ। चीनलाई ठोस कार्यहरूका साथ जबाफदेही बनाउन अस्ट्रेलिया सरकारले पहल गर्नुपर्दछ।'

चीनको सिन्जियाङमा चिनियाँ सत्ताले जातीय सफाया गर्दै उइगरहरुमाथि मानवअधिकारको चरम उल्लङ्घन गरिरहेको छ। उइगरहरुलाई बिना कसुर कैदी बनाउने, जबरजस्ती श्रममा लगाउने, यौन हिंसा गर्ने, जबरजस्ती बन्ध्याकरण गराउने, हत्यासमेत गर्नेजस्ता गतिविधि भइरहेको विभिन्न अनुसन्धान रिपोर्टहरूले जनाएका छन्।

जसका कारण विश्वभरबाट त्यसको विरोध भइरहेको समयमा डब्लूएसीले चीनलाई जबाफदेही बनाउन सिन्जियाङमा नरसंहार भइरहेको कुरा स्वीकार गर्ने अस्ट्रेलिया सरकारसँग माग गरेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ