arrow

अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेर नोबेल जितेका अर्थशास्त्री डानियलको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
nobel-prize.png

वासिङटन ।  नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनले लेखेको पुस्तक “थिन्किङ, फास्ट एन्ड स्लो” ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय-निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए । 

इजरायली-अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए । 

सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ