arrow

नमो एप देखेपछि बिल गट्सले गरे नरेन्द्र मोदीको प्रशंसा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
bill-gates-modi.jpg

काठमाडौँ । विश्वकै सर्वाधिक धनीमध्येका एक बिल गेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । मोदीसँगको वार्ताका क्रममा बिल गेट्सले मोदीको प्रशंसा गरेका हुन् । 

जी २० शिखर सम्मेलन २०२३ देखि डिजिटल इन्डिया लगायतका विषयमा छलफल गर्ने क्रममा मोदीले डिजिटल भारतमाथि पनि चर्चा गरे । सो क्रममा मोदीले ‘नमो एप’ देखाएपछि बिल गेट्सले अचम्म मानेका थिए । 

वार्तालापका क्रममा बिल गेट्सले प्रश्न सोध्ने र मोदीले जवाफ दिने गरेका थिए । डिजिटल इन्डियाको माध्यमबाट सबै भारतीय एक आपसमा जोडिने मोदीको दाबी छ । 

मोदीले बिललाई ‘नमो ड्रोन दिदी’ का बारेमा पनि बताएका छनत् । यो महिलाहरुको लागि निकै जरुरी रहेकोसमेत मोदीले बताएका छन् । 

भारतमा नयाँ प्रविधि अपनाउन आफू तयार रहेको मोदीले बताएका छन् । नमो ड्रोन दिदी शुरु भइसकेको र निकै सफलतापूर्वक अगाडि बढिरहेको मोदीले बताए । 

उनले भारतीय महिलाहरुको प्रशंसा गर्दै भने, ‘पहिले साइकल चलाउन पनि आउँदैनथियो, अहिले पाइटल छन्, ड्रोन उडाउन सक्छन् ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ