arrow

शान्ति महिला नमूना संसद्सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
samsad-dang.jpg

दाङ । नवजगरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानरपालिकाको सहयोगमा तुलसीपुरमा शान्ति महिला नमुना संसद् सभा एवं बैठक शुरु भएको छ ।

बैठकको शून्य समयमा बोल्ने नमुना महिला सांसदहरुले तुलसीपुर उपमहनगरपालिकाको शिक्षा, स्वास्थ्य, सडक, महिला, बालबालिका, कृषि, वातावरणसम्बन्धी समस्या समाधानका लागि सभामुखमार्फत स्थानीय सरकारसँग माग गरे ।  

नमुना महिला सांसद डीलमाया नेपालीले तुलसीपुर उपमहानरपालिका-३ बाट सबैभन्दा बढी महिला रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा गएको बिडम्बना सुनाइन् । महिलालाई स्वदेशमा रोजगारको व्यवस्था, आत्मनिर्भरता तथा दक्ष बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण  गराइन् ।

छोरीहरु जन्मन नपाउँदै गर्भमा मारिनु पर्ने, विभिन्न सामाजिक बहिस्कार तथा विभिन्न वहानामा हत्या हिंसा र अमानवीय व्यवहारले छोरीको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार स्थपित हुन नसकेको नमूना संसद्को विमला शर्माले टिप्पणी गरिन् । 

शान्ति नमुना महिला सांसद भावना गौतमले तुलसीपुर-४ पानीको प्रशस्त व्यवस्था भएकाले कृषि क्षेत्रका लागि राम्रो भएपनि किसानले उत्पादन गरेका तरकारीहरु बजारीकरणमा समस्या रहेकाले उक्त समस्या समाधानका लागि माग गरिन् । 

नेपाललाई कृषि प्रधान देश भनेपनि आत्मनिर्भर हुन नसकेको सांसद सीता कुमारी लामिछानेले बताइन् । किसानले अनुदानमा मल बिउ पाउन नसकेको भन्दै उनले गुणासो गरिन् ।

युवाहरु लागुऔषधमा फसेका कारण घरपरिवार, समाज, देशलाई नै असर परिरहेकाले यस्ता क्रियाकलाप रोक्नुपर्ने योजना ल्याउन सांसद भगवती विकले आग्रह गरिन् । 

सांसद निशा लामिछानेले कुनै पनि घटनाले बाबु आमा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था मिलाउन र ठूलो सङ्ख्यामा विद्यालय शिक्षाभन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न सरकारसँग माग गरिन् । 

सांसद सीताकुमारी लामिछाने किसानलाई मल बीउको सहज आपूर्ति कृषिमा आधुनिकरण गर्नुपर्ने बताइन् । 

नमुना सांसद देवी पोख्रेलले विपद् जोखिम न्यूनीकरण गर्न आगलागी, विद्युतको तारलगायत अन्य विपद्को जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सासंदको विशेष समयमा सांसद देवा डाँगीले सरकारले गरेको नीति तथा कार्यक्रम  प्रभावकारी हुन नसकेको टिप्पणी गरिन् । उनले ग्रामिण क्षेत्रमा रहेका अतिपिन्न तथा गरिब आदिवासी दलितलाई अनुभूति हुन नसकेको बताइन् । 

शान्ति महिला संसद्को राजनीति समितिको संयोजक सरिता देवकोटाले महिलालाई राजनीतिमा ५० प्रतिशत सहभागिताको माग गर्दै यौनिक तथा अल्पसङ्ख्यकको अधिकार सुरक्षित गर्नुपर्ने माग गरिन् । 

नमुना महिला सांसदलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय सरकारको नीति तथा कार्यक्रममा महिलाको सवाललाई प्राथमिकतामा राखिएको बताए । 

जनताको सुख दुःखको साथी स्थानीय सरकार रहेकाले सधै सँगसँगै रहेको  बताउँदै उनले उपमहानगरपालिकाले  स्मार्ट छोरी, सुत्केरी प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

शान्ति महिला नमूना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्षता तथा सरकार प्रमुख तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यकम सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ