arrow

दाउरा काट्ने क्रममा रुखले च्यापिएर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
doti-shikhar.png
तस्बिर-फाइल

डोटी । डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

सायलगाउँपालिका-२ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए ।

उनका अनुसार सायल गाउँपालिका-५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ