arrow

सहकारी र लघुवित्त ठगी खाने भाँडो, सरकारले संरक्षण गरिरहेको छ- नेता केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
arjun-narsing-kc-2080-06-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगएका छन् । उनले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । 

उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गरे । उनले नागरिकहरुमा निराशा छाएको बताए । उनले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।

उनले भने, ‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ । अहिले यो जटिलतापूर्वक राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ उन्मुख छ, आम जनतामा निराशा छ । त्यो निराशा र अनुन्तुष्टि बिस्तारै बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको छ । अहिले वास्तवमा संसद संसदजस्तो चलिरहेको छैन, सरकार सरकार जस्तो चलिरहेको छैन, पार्टी, पार्टी पार्टी जस्तो चलिरहेको छैन, यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ ।’

उनले अहिले सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ