arrow

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
prachanda-deuba-oli-80-12-1.jpg
तस्बिर फाइल

काठमाडौँ ।  आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्न सक्ने सम्भावना रहेको बताइएको छ । 

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए। 

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ