arrow

संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ : वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
जनकपुरधाम। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन्।
 
नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए।
 
उनले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए। “राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्छ”,उनले भने। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ