arrow

केजरीवाल १५ दिनको लागि न्यायिक हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
kejariwal_photo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको दिल्ली सरकारको मदिरा नीति घोटाला मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म (१५ दिन) न्यायीक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको बताएको थियो ।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ