- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको व्यास नगरपालिका-१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।
उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए ।
अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।
उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ ।
“स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।”