arrow

उपकुलपति खनियाँको राजीनामा माग : त्रिवि घेर्दै केसी समर्थक

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
GKC-voice-sadak-lokman-news.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १० दिन देखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य खस्किदै गएको छ ।

केसीलाई कुनै पनि बेला खतरा हुन सक्ने चिकित्सकहरुले बताएका छन् । सरकारले अझै गम्भीरता नदेखाएको भन्दै उनका समर्थक संघर्षमा उत्रिएका छन् । सोलिडारिटी फर डा. गोविन्द केसी केसी अलायन्सले प्रधानमन्त्रीको सरकारी निवास घेराउ लगायतका कार्यक्रम गरिसकको छ भने, वुधबार मध्यान्ह त्रिभुवन विश्व विद्यालय घेर्दै छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग्दै वुधबार त्रिवि घेर्ने कार्यक्रम रहेको अलायन्सका संयोजक जीवन क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार आइओएममा वरिष्ठताका आधारमा डिनको नियुक्ति गर्नेलगायतका मागहरु राखेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य विग्रंदै गर्दा राज्यले अझै समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।

उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार छन् । पहिले ९ महिनासम्म पद खाली राखेर नियुक्ति गर्ने बेला वरिष्ठता नभई हचुवाका भरमा नियुक्ति गरिएकाले अहिले समस्या बल्झेको हो ।’

उनले अगाडि भनेका छन्, ‘आफैं बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहँदा पदमा ल्याइएका त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा. केपी सिंहलाई डिन बनाउँदा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको समेत देखिन्छ ।

त्यसैले अब आइओएममा शंकास्पद तरिकाले बनाइएका डिन मात्र हैन उपकुलपछि तीर्थ खनियाँलाई समेत बर्खास्त गर्नुपर्ने अवस्था आएको छ ।’ क्षेत्रीले वुधबार उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गरिने बताए ।

जसमा आइओएमका विद्यार्थी, रेजिडेन्टलगायत अन्य नागरिकहरु सहभागि हुने बताइएको छ । घेराउपछि पनि समस्या समाधान नभए अझै सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने अलाइन्सको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ