arrow

१० मिनेटसम्म चलेको शक्तिशाली आँधी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
china-hurricane.jpg

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएका छन् ।

आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्‍याएको छ र रूखहरू उखेलेको छ । 

“आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार र राहत प्रदान गर्न सक्रिय भएका छन् ।

उनले प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । जलपाईगुडीबाट प्राप्त समाचारअनुसार हावाहुरीसँगै आएको असिनापानीले ८०० घरमा क्षति पुर्‍याउनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखेलेको छ ।

आँधीको असर जलपाईगुडीका छिमेकी जिल्लाहरू कूचबिहार र अलिपुरद्वारमा पनि महसुस गरिएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जलपाईगुडी जिल्लामा स्थानीय समयअनुसार आइतबार अपराह्न ३:३० बजेतिर आँधी आएको थियो र यो करिब १० मिनेटसम्म चलेको थियो । 

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले टिस्टा नदी क्षेत्रबाट ठूलो आवाजसहित शुरु भएको आँधीका कारण रूखहरू ढलेका र धेरै घरहरूमा क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ