काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानको पूर्ण कार्यान्वयन नभए मुलुक विधिवीहिनता तर्फ धकेलिने वताउँदै सबैले दलीय आग्रह त्यागेर राष्ट्रिय स्वार्थका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । मंगलवार राजधानीमा आयोजित प्रकाश महाकाव्य विमोचन समारोहलाई संवोधन गर्दे मन्त्री केसीले संबिधानमा रहेका केही अपूर्णतालाई सहमतिका आधारमा संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको वताए ।
संबिधान कार्यान्वयन गर्ने गुरुत्तर दायीत्व पुरा गर्न नसके त्यसवाट सबै पराजित हुने अवस्था आउने वताउँदै मन्त्री केसीले राजनीतिको जोडघटाउमा कसैले पनि राष्ट्रिय दायीत्व भूल्न नहुने वताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार सबैको सहमतीमा राष्ट्रिय समस्याहरु समाधानमा क्रियाशिल रहेको वताउँदै सहमति र सहकार्यको भावनावाट प्राप्त उपलव्धिको संरक्षण पनि सहमतिमै हुनुपर्नेमा जोड दिए ।
एन.डि.प्रकाश चटौत स्मृती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सहरी विकास मन्त्री केसीले स्वर्गीय एन.डि.प्रकाशको संस्मरणमा लेखिएको प्रकाश महाकाव्यको विमोचन समेत गरेका थिए ।