arrow

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरे । 

उनले नियमावली बमोजिम सङ्घीय संसद्को महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए ।

उनले भने, ‘मान्य सदस्यहरू, राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि संवत् २०८० चैत्र २८ गते बुधवारको दिन तोकेको छु । साथै नियमावली बमोजिम सङ्घीय संसद्को महासचिव श्री पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधवार सवा १ बजे बस्ने गरी स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ