arrow

कमल थापाले पदभार ग्रहण गरे, कार्यसम्पादनको पहिलो बैठकले के गर्‍यो निर्णय ?

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
kamal-thapa-new-aa.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा पुगेर थापाले पदभार ग्रहण गरेका हुन् । राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि थापाले कार्यकारी अध्यक्षका रुपमा पदभार ग्रहण गरे ।

यसैबीच एकीकरणपछि पार्टीको पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताको सन्देश दिन केन्द्रीय नेताको सहभागितामा देशका ७५ जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी एकता भएपछि एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा आगामी महाधिवेशनबारे समेत छलफल भएको बताइएको छ ।

बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी सहभागि थिए । यसैगरी पार्टी राप्रपासँग एकीकरणपछि पहिलोपटक बुधबार काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा मंगलबार गरिएका निर्णय पारित गर्न प्रस्तुत गरिनेछ ।

त्यसैगरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा राष्ट्रिय राजनीतिको विकासमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने नेता श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ