arrow

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
old-venu.jpg

काठमाडौँ । सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन भएको छ । 

 वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गरे । 

पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उन को नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो । 

एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए ।

टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उन १० सन्तानमध्ये नवौं सन्तान थिए । 

सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उन ले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेशामा संलग्न हुन थालेका थिए । उनको परिवार उखु र कफी उत्पादनका लागि काम गथ्र्यो । 

शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानून अधिकारीका रूपमासमेत काम गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ