arrow

पश्चिमी वायुको प्रभाव : आज दिउँसो देशभर आंशिक बदली हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
weather-evergreen-rain.jpg

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ ।

 आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । 

उनका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

आज राति पनि देशभर आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ