arrow

सातौं राष्ट्रिय खेलकुद अब नसर्ने, यसरी हुँदैछ ११ करोड पास

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
yuth-ministry-new-aa.jpeg

काठमाडौं । चौथो पटक सरेको सातौं राष्ट्रिय प्रतियोगिता फेरिपनि अन्योलमा रहेको चर्चा भइरहेका बेला सरकारले अबको भाका नसर्ने जनाएको छ । खेलकुदमन्त्री दलजित श्रीपाइलीले अब प्रतियोगिता नसर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सोमबार बसेको बोर्ड बैठकमा मैले सम्बन्धित व्यक्ति र निकायलाई कुनै कसर बाँकी नराख्न निर्देशन गरेको छु ।’ निर्देशन मात्रै कि काम पनि हुन्छ ? जवाफमा मन्त्री श्रीपाइलीले भने, ‘यसअघि प्रतियोगिता निर्देशिका र आर्थिक निर्देशिका पारित हुन सकेको थिएन । निर्देशिकाले खर्च रोकिएको थियो । अब मन्त्री वा मन्त्रालयका कारण तथा रकम अभावका कारण खेलकुद प्रतियोगिता रोकिँदैन ।’ पुसमा सातौं राष्ट्रिय खेलकुद हुन्छ ।

रकम कहिले दिनु हुन्छ ?
मन्त्री श्रीपाइलीले वुधबार पक्रियामा जाने र विहिबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पारित हुने बताएका छन् । वुधबार मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने प्रबन्ध गर्नेछ । उनले मन्त्रालयबाट अब यसमा कुनै ढिलाई हुँदैन भनेका छन् । हाल सम्म २३ करोड निकासा भइसकेको छ । त्यो रकम खर्च समेत भइसकेको बताइएको छ । बोर्डले मागेको ११ करोड मन्त्रिपरिषद्बाट पारित हुने बताइएको छ ।

प्रतियोगिताको क्षेत्रीय छनोट २० मंसिर देखि १ पुस सम्म  
सातौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख कमल खनालले आर्थिक कार्यविधिका कारण रोकिएको क्षेत्रीय छनोट प्रतियोगिता २० मंसिरबाट १ पुस सम्म सञ्चालन हुने बताएका छन् । त्यसका लागि खेलाडी र प्रशिक्षकलाई के गर्ने कसरी व्यवस्थापन गर्ने भन्नेबारे सबै निर्देशिकामै उल्लेख रहेकाले अब काममा उल्झन नआउने बताए ।

यसअघि कार्तिक २३ देखि मंसिर ३ गतेसम्म तोकिएको छनोट निर्देशिका पारित नभएकै कारण रोकिएको थयो । प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने राष्ट्रिय प्रतियोगिता निर्देशिका २०७३ र आर्थिक निर्देशिका बोर्ड र मन्त्रिपरिषद्बाट पारित भएपछि सातौंको बाटो खुला भएको हो ।

पुस ८ बाट प्रतियोगिता
पटक पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेप बोर्ड बैठकले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार बिष्टले जानकारी दिए ।

मङ्सिरको दोस्रो सातादेखि गर्ने भनिएको उक्त प्रतियोगिताका लागि आवश्यक तयारी नपुगेको र सरकारले उपलब्ध गराउने बजेट आर्थिक निर्दे्शिका पारित नहुँदासम्म रकम निकासा नहुने कारण देखाउँदै प्रतियोगिता पुनः स्थगन गरिएको थियो । त्यस्तै विस २०७० सालमा आयोजना हुने निर्णय गरिएपनि राजनीतिक गतिरोध, मधेस आन्दोलनलगायतका कारणले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्म हुन सकेको छैन् ।

राष्ट्रिय प्रतियोगिता अयोजनाका लागि परिषद्ले सरकारसँग ३७ करोड माग गरेको थियो । हालसम्म २० करोड निकासा भइसकेको छ । शारीरिक सुगठन, पौडी र ट्रायथलन खेलको राष्ट्रिय प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेकाले पुसमा हुने प्रतियोगितामा ३२ खेलमात्र समावेश हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ