arrow

निर्माण क्षेत्रका समस्या समाधान गर्न ओली र महासेठको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
kp-oli-11-10.jpg
तस्बिर-फाइल

काठमाडौँ । निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरुपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ । 

नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैंकिङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।

अध्यक्ष लोहनीले आफूहरुका मागप्रति सत्ता गठबन्धनका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ