arrow

कांग्रेसले राजनीतिमा शुद्धीकरणको नेतृत्व लिनुपर्छ- धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
dhanraj-congress.jpg

मोरङ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् । 

उनले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्ने जोड दिँदै जनताको पक्षमा काम गर्न निर्देशन दिए । 

उनले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गरे । 

त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन भइरहेको बताए । 

उनले वर्तमान प्रदेश सरकारले जनभावनाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको प्रतिफल जनताको घर-घरमा पु¥याउने अठोट व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ