arrow

संविधान संशोधनका लागि सत्ताधारी र संघीय गठवन्धनबीच छलफल, देउवाले ओली फकाउने

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
3-dal-baithak.jpeg
काठमाडौं । बुधबारलाई यसै पनि ढिलोबार भनिन्छ । तर बारमा भन्दा पनि महत्वको सारमा जोड दिंदै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्दोलनमा रहेको मधेसी मोर्चा सम्मिलित मधेसी मोर्चासंग संविधान संशोधनको विषयमा छलफल गर्दैछ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । सत्तारुढ गठबन्धन कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग छलफल गरी संविधान संशोधनको साझा प्रस्ताव तयार पार्न प्रयास गर्ने बताएका छन् । 
 
संशोधन प्रस्तावको मस्यौदामा गठबन्धन तयार नभए एकतर्फी रुपमा अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रको तयारी छ । तर मोर्चासँग सहमति जुट्न सक्यो भने बुधबारै संशोधन प्रस्ताव अघि बढाउने सरकारको तयारी छ ।
 
तर काँग्रेस र माओवादीले खोजेजस्तै मधेसी मोर्चाले मान्ने छाँट भने देखिदैन । यसर्थ आजको आजै सहमति हुने सम्भावना देखिंदैन । 
 
गठबन्धनका केही नेताहरुले भने आफूहरुसँग सहमति नगरी ल्याइने संशोधन प्रस्तावको कुनै अर्थ नहुने तर्क गर्दै आएका छन् ।
 
तर यतिबेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले कुनै पनि हालतमा संधिवान संशोधन गर्न नदिने भन्दै कार्यकताईलाई सडकमा उतार्ने घुर्की दिइरहेको छ । 
 
एमालेले संविधान संशोधनको कुनै औचित्य नभएको भन्दै कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्तावको मस्यौदा अस्वीकार गरिसकेको छ ।
 
यस्तो अवस्थामा कसले नेतृत्व लिने भन्ने बहस चलिरहेका बेलामा शीर्ष दलको नाताले काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व लिनुपर्ने स्वर्य काँग्रेसी नेताहरुले बताएका छन् ।
 
काँग्रेसी नेताहरुले काँग्रेसको नैतिक जिम्मेवारी यही भएकाले नै परिस्थिति सहज पार्न देउवालाई भनेका छन् । 
 
कार्यकर्ताको आग्रह अनुसार देउवाले बुधबारदेखि सक्रियता बढाउृँदैछन् । उनले एमाले अध्यक्ष केपी ओलीलाई मिलाउने काम मेरो भयो भनी तात्तिएको स्रोतले बताएको छ । 
 
आपद्विपदमा एक हुने नेपाली नेताहरुको बानी नै छ । तसर्थ विरोधाभास मिलाएर अगाडि बढ्न देउवाले ओलीलाई फकाउन सफल हुने पनि अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ