arrow

मोर्चा–सरकार वार्ता : मोर्चालाई काँग्रेसकाे चासो !

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । सरकार र मधेशी मोर्चाबीच वार्ता सम्पन्न भएको छ । बुधबार भएको वार्तामा दुई पक्षबीच संविधान संशोधनको विषयमा छलफल भएको मधेशी मोर्चाले जनाएको छ । 
 
वार्ताका क्रममा मधेशी मोर्चाले आफूहरुसँग सरकार गठन हुनेबेलामा भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने अडान राखेको थियो । उनीहरुले आफूहरुको माग बमोजिम जतिसक्दो चाँडो संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउन मोर्चाले माग गरेको थियो । 
 
जवाफमा सरकार समर्थित दलहरुले एक दुई दिनामा संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने आश्वासन दिएको तराई मधेश सद्भावना पार्टीको नेता महिन्द्र राय यादवले जानकारी दिए । उनका अनुसार सरकार सबैलाई सहमतिमा ल्याएर केहीदिनमा संविधान संशोधन प्रस्ताव ल्याउन राजी भएको छ । 
 
त्यस्तै, बैठकमा मधेशी मोर्चाका नेताहरुले काँङ्ग्रेसलार्इ इ‌ंकित गर्दै 'तपार्इंहरु आफैं आन्दोलनमा हुनुहुन्छ, अाफ्नै घरबाट अान्दाेलन चलिरहँदा कसरी हुन्छ संशोधन ?' भन्दा सरकार समर्थित दलहरु अकमक्क परेका थिए । राय भन्छन् ‘हामीले तपाईँहरू भित्रै त आन्दोलन चलिरहेको छ भन्दा उनीहरू बोल्नै सकेनन् ।' पछि हामी व्यवस्थापन गछौं भन्ने आश्वासन दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ