arrow

त्रिवि उपकुलपति खनियाँको राजीनामा मागेर कार्यालय घेराउ

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Gkc-news-aaja.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै ११ दिन देखि आमरण अनसनरत डा. गोविन्द केसी समर्थकले त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गरेका छन् ।

उपकुलपति खनियाँको कार्यालय घेराउ गर्दै बुधबार उनीहरुले राजीनामा मागेका हुन् । केसीको स्वास्थ्य खतरामा पर्दै गएपनि हालसम्म माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै केसी समर्थक आन्दोलित भएका छन् ।

सोलिडारिटी फर डा. गोविन्द केसी केसी अलायन्सको आह्वामा वुधबार मध्यान्ह चिकित्सा संस्थानका आवासीय चिकित्सक र विद्यार्थी वित्रि अगाडी प्रदर्शन गरे ।

उनीहरुले त्रिवि उपकुलपति राजीनामा देऊ, आज अनसनको ११ औं दिन, सरकार अझै किन मौन, राजनीतिक भागबण्डा बन्द गर, बरिष्ठताका आधारमा डिन नियुक्ति गर लगायतमा नारा लगाए । यसअघि भएको नियुक्ति खारेज गरेर बरिष्ठताका आधारमा डिन नियुक्ति गर्न दबाब दिए ।

आफैं बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहेकै समयमा ल्याइएका त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा. केपी सिंहलाई डिन बनाउँदा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको प्रदर्शनकारीको आरोप छ ।  

उनीहरुले आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार रहेका बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ