arrow

पाएनन् केजरीवालले राहत, कम्तीमा १५ अप्रिलसम्म हिरासतमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
arvind-kejariwal-always.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । 

मुख्यमन्त्री केजरीवालले दिल्लीको मदिरा घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो ।

अदालतले गिरफ्तारी कानूनी रुपमा सही भएको ठहर गर्दै केजरीवालले दाबी गरे जस्तो गिरफ्तारी गैरकानूनी नभएको आफ्नो आदेशमा बताएको छ । अदालतले यो याचिका जमानतको लागि नभएर गिरफ्तारी कानूनी हो या होइन भन्ने रहेको स्पष्ट गरेको छ ।

अदालतको यो फैसलापछि केजरीवालले जमानतको लागि अर्को रिट दायर गर्न सक्ने बताइएको छ । केजरीवाललाई १५ अप्रिलसम्म हिरासतमा राख्न अदालतको अनुमति रहेको छ ।



लोकप्रिय समाचार
नयाँ