arrow

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
indonesia2.jpg
तस्बिर-फाइल

जकार्ता । इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा ६दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार मङ्गलबार अपरान्ह ४ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का देशको अधिकांश भाग र छिमेकी मुलुकसमेतमा महसुस गरिएको जनाइएको छ ।

इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ ।

प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन ।

‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ । एजेन्सी



लोकप्रिय समाचार
नयाँ