arrow

आम आदमी र सरकार नै छाडे दिल्लीका मन्त्रीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
rajkimar-aananda-aap.jpg

काठमाडौँ । भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् । 

राजीनामा दिँदै आनन्दले भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैँ भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । 

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल मदिरा प्रकरणमा हिरासतमा छन् । 

साथै उनले दलित विधायक वा पार्षदलाई आम आदमी पार्टीमा कुनै सम्मान नभएको आरोप लगाएका छन् । 

राजकुमार आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए । यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक थिइन् ।



लोकप्रिय समाचार
नयाँ