arrow

‘शुक्रबारभित्र संसदमा संविधान संशोधन प्रस्ताव’

मध्यमार्गी बाटो खोज्दै प्रचण्ड

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
PM-sanga-morcha-netaharu.jpeg

काठमाडौं । सरकारले अबको दुई दिनभित्र संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने भएको छ । संविधान संशोधनबारे छलफल गर्न विहान बालुवाटारमा बसेको सरकार र मधेशी मोर्चाको संयुक्त बैठकले दुई दिन (शुक्रबार)भित्र संशोधन प्रस्ताव ल्याउने संकेत गरेको हो ।
बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यद्यपि, सत्ताधारी दलले विपक्षी एमालेले अगाडि देखि प्रस्ताव ल्याउन भनेर अन्तिममा आएर बखेडा झिकेको मोर्चा नेताहरुलाई सुनाएका छन् । बैठकमा सहभागि फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले हाम्राकुरासँग भने, ‘एमालेले पहिले प्रस्ताव ल्याउन भनेको थियो । पछि हुँदैन भनेर बखेडा झिकेर हिँड्यो भन्दै प्रधानमन्त्रीले हामीलाई सुनाउनु भयो ।’


प्रधानमन्त्रीले एमाले भाग्यो अब तपाईहरु सहमति दिनुस् पनि भन्नु भयो, यादवले थपे, ‘हामीले संविधान संशोधनकै आन्दोलन गरेका हौं । तीन बुँदे सहमति पनि त्यसैका लागि भएको हो । संशोधन ल्याउनुस् । त्यो पढेर पछि चित्त बुझे सहमति दिउँला । प्रक्रियामा आपत्ति छैन भनेर हामीले भनेका छौं ।’ छलफल सकारात्मक भन्नु पर्छ ।

प्रधानमन्त्री दाहालले मोर्चा नेताहरुलाई सहमति गर्नकै लागि आफुले प्रयत्न गरिरहेको भन्दै तपाईहरु र कांग्रेसँग कुरा गरेर म मध्यमार्गी बाटो रोज्छु भनेर भनेको यादवले सुनाए ।
 

संशोधन दुई दिनमा पक्का दर्ता हुन्छ ?
यादवका अनुसार छलफल र सत्ताधारीको मनस्थिति हेर्दा अबको दुई दिनभित्रै प्रस्ताव आउने देखिएको छ । आफुहरुले प्रस्ताव ल्याउने कुरामा कुनै अवरोध नगर्ने भन्दै यादवले भने, ‘हामीले विषय बस्तु ल्याउनुस् । हाम्रो माग समेट्ने खालले प्रस्ताव ल्याउनु भयो भने त्यसै अनुसार अघि बढौँला भनेका छौं । हामीले यो अवसर दिएका छौं ।’ तर विषय बस्तु गम्भीरताका साथ आउनु पर्दछ ।

विषय वस्तु गहन रुपमा पनि आउनु पर्ने अनि तपाईहरुले भनेको समय भित्र आएन भने आन्दोलन गर्ने । यो भनेको संविधान संशोधन नगर्ने लाइन हो ? जवाफमा उनले भने, ‘यत्रो वर्ष हामीले उठाएका समस्याबारे छलफल भइसकेको छ । हामीले अल्टिमेटम दिएको अझै पाँच बाँकी छ । नियत सफा भए दुई घण्टामै प्रस्ताव तयार हुन्छ । यसमा महिनौं लाग्छ र ? ।’

यो रोटी बाँड्या जस्तो सजिलै भाँचेर दिन त होइन होला नि यादव जी । अनि दुई घण्टामा बनाएको प्रस्ताव तपाईहरु भोलि मान्दिन भन्नु होला ? यादवले भने, ‘प्रस्ताव ल्याउन आँट गरे । नियत सफा भए कुनै समस्या नै छैन । हामीले पनि हाम्रा लागि मागिरहेको त हैन नि ।

नागरिकको माग हामीले उठाएका हौं । नागरिक चाहनालाई ख्याल गर्ने कि नगर्ने । संशोधन प्रस्ताप आयो भने । कांग्रेस, एमाले, माओवादी कोही भाग्न पाउँदैनन् । यो राष्ट्रिय महत्वको विषय हो । हिजो सबैले हस्ताक्षर गरेका छन् ।’ पहिलो संविधान सभाको राज्य पुनःसरचना आयोगले दिएको सुझावमा सबैले टाउको हल्लाएका छन् । अहिले भाषा फेर्न मिल्छ ।

यादवले अगाडि भने, ‘एमालेले पनि हस्ताक्षर गरेको छ । अहिले उसले यसो गर्न सुहाउँदैन ।’ संविधान कार्यान्वयन गर्ने हो भने संशोधनको विकल्प छैन ।
 

प्रदेश ५ को तराईको भाग पहाडमा मिलाउँदा तपाईहरुलाई हुने घाटा के ?
यादवले भनेका छन्, ‘यो हाम्रो आन्तरिक सीमा व्यवस्थापनि हो । यसमा कोही कसैको आग्रह पूर्वाग्रह छैन । हिजोको केन्द्रिकृत राज्य सत्ताको मानसिकताबाट माथि उठ्नकै लागि संघीयतामा जाने भनिएको हो । आन्तरिक व्यवस्थापन गर्न खोजिएको हो । यसमा घाटा फाइदाको कुरा रहेन ।’
हिजोका दिनमा हामीले यस विषयमा जसरी बहस गर्नु पथ्र्यो त्यो भएन । हतारमा प्रदेश घोषणा गरियो । हाम्रो विमत्ति त्यहाँ हो । यो प्रस्ताव हाम्रो होइन, उनले भने, ‘हिजो अहिले शीर्ष भनिएकै सबै दलले हस्ताक्षर गरेका छन् । अहिले कसैले कला प्रस्तुत गरेर हुँदैन ।’ हिजो गरेका प्रतिवद्धताबाट पन्छिन मिल्दैन ।  

प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ